© 2026
स्पेन । स्पेनको टोलेडो प्रान्तमा बुधबार उच्च गतिका दुई रेल आपसमा ठोक्किँदा ६४ जनाको मृत्यु भएको छ भने १७९ जना घाइते भएका छन्। स्पेनी सञ्चारमाध्यमका अनुसार दुर्घटना स्थानीय समयअनुसार बुधबार बिहान ९ बजे मोरा र ओर्गाज सहरबीच भएको हो।
एउटा रेलले अर्कोलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ। दुर्घटनापछि राजधानी म्याड्रिडलाई दक्षिणी अन्डालुसिया क्षेत्रसँग जोड्ने रेलवे लाइन बन्द गरिएको छ। दुर्घटनामा संलग्न दुई रेलमध्ये एउटा सरकारी कम्पनी रेन्फे र अर्को निजी कम्पनी इरियोको रहेको जनाइएको छ। यी रेल सामान्यतया प्रतिघण्टा २०० किलोमिटरभन्दा बढी गतिमा सञ्चालन हुन्छन्।