Butwal Today

हवाई दुर्घटना न्यूनीकरण गर्न छुट्टै मौसम निर्देशनालय स्थापना गरिने

८ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

काठमाडौँ ।

सरकारले मौसमका कारण हुने हवाई दुर्घटना न्यूनीकरण गर्न जल तथा मौसम विज्ञान विभागअन्तर्गत छुट्टै हवाई मौसम निर्देशनालय स्थापना गर्ने भएको छ ।

विभागले सार्वजनिक गरेको नयाँ श्वेतपत्रको मस्यौदामा हवाई उडान सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यस्तो संस्थागत संरचना प्रस्ताव गरिएको उल्लेख छ ।

प्रस्तावित व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईसीएओ) को मापदण्डअनुरूप एभिएसन सिस्टम ब्लक अपग्रेड कार्यक्रम लागू गरिनेछ । यसअन्तर्गत उडान मार्गको मौसम पूर्वानुमानलाई थप प्रभावकारी बनाउनुका साथै डिजिटल फ्लाइट फोल्डरमार्फत पाइलटलाई मौसमसम्बन्धी सटीक जानकारी उपलब्ध गराउने व्यवस्था गरिनेछ ।

त्यस्तै, काठमाडौँ उपत्यकामा हवाई उडानलाई थप सुरक्षित बनाउन उपत्यकाकेन्द्रित एक्स–ब्यान्ड मौसम राडार स्थापना गर्ने योजना पनि श्वेतपत्रको मस्यौदामा समावेश गरिएको छ ।

यसले अचानक बदलिरहने मौसमको तत्कालीन जानकारी दिई उडान सुरक्षामा मद्दत पुर्‍याउने विश्वास सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?