© 2026
दसैं आउथ्यो, जव विद्यालयमा लिपपोत बाट सुरु हुन्थ्यो, विद्यालय भोली बाट विदा भन्ने सूचना थाहा पाउँदा दिन मनमा दशैं आए जस्तो लाग्थ्यो, गर्मी मौसम विर्दाइ संगै धान भित्र्याउने चटारो सकिएपछि आउने दशैं यसको रौनक अलग थियो ।
गाउँमा विद्यालय माटो कमेरोले लिपपोत संगै दशैं विदा सुरु भएपछि अर्को काम घरको लिपपोत सरफाई सुरु हुन्यो, परदेशिएका आफन्तजनको आगमनले गाउँमा दशैंको उमङ्ग झनै बढाएर लैजान्थो ।
गाउँका बाटो, गोरेटो सरसफाई संगै टोल र सफा हुने, दशैं विदाको सदुपयोग गर्नका लागि गाउँमा फर्कीएकाहरुसंगको खुसी साटासाटाको साक्षि बन्दाको खुसी, शहरका नौलो कुराको हुलाकी समेत आफन्त हुँदाको त्यो रौनक साच्चै दसैको रौनकको सुरुवाती चरण थियो ।
दशेैंको तयारी स्वरुप कोट घरमा जमारा, घरमा जमरा, दुर्गा माताको पुजा सहितका रौनक थप रौनकतामा ईट्टा थप्ने काम हुन्थो । बालापनको त्यो दसैैले अहिले पनि सम्झनाका मानसपटलमा स्मृतिको तरंङ्ग फैलावट गराउँछ । दशैंको दिनमा खासगरी मान्यजनबाट दशैंको टिका, जमरा ग्रहण संगै पाउने कोशेली(प्रसाद)ले झनै प्रफुल्ल बनाउथ्यो, मेरो घर अर्घाखाँचीको ढाकावांङ्ग भएकोले हाम्रोमा दशैंको प्रसादीको रुपमा सेल रोटी, गाउँमै उत्पादन भएका केरा र चिउरा टपरीमा राखेर दिने चलन थियो । गाउँगाउँ डुल्दै प्रसादी संकलन गर्ने साथै महिलाहरुले दक्षिणा संकलनको प्रतिस्पार्धा नै बेग्लै थियो ।
खासगरी घरको दशैं प्रक्रिया सकिएपछि मामाघरको त्यो दशैं अझ उत्साह जनक हुन्थ्यो, खासगरी त्यसमा लोभ पनि जोडीएको हुन्थ्यो दक्षिणा ।
दक्षिणाले संगै मामाघरमा मामाहरुको आगमन, हजुर बुबा, हजुर आमाको ममता, साँझ पाक्ने ढकनीले साँचै गाउँको दशैं अहिले पनि स्मरणमा पानाहरु ताजगी बनेर आउने गर्दछ ।
दशैंको दिन देखि पूर्णीमा सम्म ५ दिन नै कोटघरमा हुने सरायँ मेला, सरायमेलामा भेटिने बचपनाका साथी, साथीभाई मिलेर खाने जुलफी(जेरी), सराय मेलाका थप विशेषता थिए । घण्टौको उकालो, आरोली बाटो, संगै कोटघरमा हुने सराँय नाँचको रौनकताले थप मन प्रफुल्ल बनाउथ्यो । त्यो दशैंमा नयाँ कपडा लगाएर सरायँ नाच हेर्ने जाने, त्यहा मिठा, मिठा परिकार खाने, आहा दिन, अहिले पनि मनस्पटलमा ताजै छन् ।
अहिले सहरको दशैं ।
दशै, गाउमा छ, मानिसहरु केही समित मात्रै शहरमा हुन्छन्, त्यहि सिमित मध्यको पात्र म पनि हो, गाउँ घर नगएको दशैै‘मिस गरेको’ दशक बढि भयो । अहिले सहरमा छु म तर यहाँको दशैं कतिबेला आउछ, कतिबेला जान्छ, थाहा हुँदैन, दशैं सहरको लागि बनेको जस्तो नैलाग्दैन, यहाँ आत्मीयताको लागि दशैं खोजिन्छ, तर भेटिदैन, सहर आएपछि सहरनै आएका आफन्तहरुको पनि सहरिया प्रवृत्तीले झनै टाढा दशै धकेलेको जस्तो लाग्छ मलाई । सहरमा ठोेस दशैंक केही हुँदन, खासमा दशैंको दिन टिका लगायो, यसको आफन्तको गयो, औपचारिकता दशैं समाप्त, तर त्यो गाउँको रौनक, मौसम वाताववरण, टाढा टाढा रहेका प्रीयजनको मिलन, अनि थप समेटिएको आत्मीयता, साँच्चै दशैको गाउँमा पो छ हैन र ?