© 2026
बारा । नवरात्रिको अवसरमा बाराको कलैयास्थित प्रसिद्ध राजदेवी मन्दिर झिलिमिली बत्तीले सजाइएको छ। नवरात्रि सुरु भएसँगै मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनको चहलपहल बढेको छ। विशेषगरी साँझ हुने आरतीमा सहभागी हुन भक्तजनको घुइँचो लाग्ने गरेको छ। मन्दिर परिसरमा गरिएको आकर्षक सजावट र धार्मिक वातावरणले नवरात्रिको रौनक थप बढाएको छ। दसैँको अवसरमा राजदेवी मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ।