Butwal Today

सन्धिखर्कमा एकल महिलालाई तरकारी बीउ वितरण

१ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

अर्घाखाँची । 

एकल महिलालाई कृषि पेसामार्फत आत्मनिर्भर बनाउँदै आयआर्जनमा जोड्ने उद्देश्यले सन्धिखर्क नगरपालिका–२ मा तरकारीका बीउ वितरण गरिएको छ ।

वडा कार्यालयले तरकारीको वितरण गरेपछि एकल महिलाहरू पनि खुसी भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर २ को आयोजनामा सञ्चालित एकल महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वडाका एकल महिलालाई तरकारीका बीउ वितरण गरिएको वडा सचिव विष्णुप्रसाद आचार्यले बताए ।

वडाले ५० हजार रुपैयाँ लागतमा खरिद गरेका बीउ वितरण गर्दै एकल महिलालाई तरकारी खेतीतर्फ आकर्षित गर्ने र व्यावसायिक उत्पादनमार्फत आम्दानी बढाउन प्रोत्साहित गरेको छ ।

कार्यक्रममा वडा अध्यक्ष तथा नगर प्रवक्ता मोतीजङ्ग रायमाझीले एकल महिलाको जीवनस्तर सुधार गर्दै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले प्राप्त बीउको सदुपयोग गर्दै घरबारी तथा खाली जग्गामा तरकारी खेती गर्न महिलाहरूलाई आग्रह गरे ।

नगरपालिकाको कृषि शाखा प्रमुख रामबहादुर थापाले तरकारी खेतीका प्राविधिक पक्षबारे जानकारी दिँदै उत्पादन बढाउन आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

एकल महिला  सञ्जालकी अध्यक्ष शान्ता खत्रीले तरकारी खेतीमार्फत आम्दानी बढाउने, उत्पादनमा जोडिने र आफ्नै श्रमबाट आत्मनिर्भर बन्ने अवसर सिर्जना गरेको भन्दै वडा कार्यालयलाई धन्यवाद दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?