Butwal Today

तेजस्वी सहकारीमा नेपाल अध्यक्ष

२९ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

बुटवल  । तेजस्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ अधिवेशन तथा १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अधिवेशनले नगेन्द्रप्रसाद नेपालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा पूर्णबहादुर केसी, सचिवमा मोहनप्रसाद बस्याल र कोषाध्यक्षमा पुष्पा पौडेल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा रिता घिमिरे लामिछाने, विष्णु पाण्डे, सुमित्रा पौडेल, चिन्तामणि चापागाईं र यमकुमारी तिवारी चयन भएका छन ्। लेखा परीक्षण समितिमा संयोग निर्दोष पन्थी र हरिप्रसाद भुसाल चयन भएका छन् ।

साधारण सभाले अध्यक्ष दुर्गा पौडेलको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष निर्दोष पन्थीको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक कृष्ण प्रसाद पाण्डेको लेखा प्रतिवेदन पारित गरेको छ । सहकारीको नियमित मासिक बचत, ऐच्छिक दैनिक बचत, ऐच्छिक मासिक बचत र बाल बचतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जहाँ ६८१ जना शेयर सदस्य रहेका छन् । तीमध्ये ३३० जना महिला र ३५१ जना पुरुष छन् । चालु वर्षमा ३५ जना नयाँ शेयर सदस्य थपिएका छन् । संस्थाको शेयर पुँजी एक करोड ६९ लाख ५६ हजार ९ सय रूपैयाँ रहेको छ । त्यस्तै, बचत निक्षेप पाँच करोड २१ लाख ६५ हजार ६ सय ६६ रूपैयाँ रहेको छ ।

सहकारीको ऋण लगानी चार करोड ७२ लाख ६७ हजार २३१ रूपैयाँ रहेको संस्थाले जनाएको छ । संस्थाले यस अवधिमा तीन करोड २२ लाख ९० हजार ८ सय ५४ रूपैयाँ ऋण असुली गरेको छ। सहकारीको लगानी दुई करोड ७० लाख ६२ हजार रूपैयाँ रहेको छ ।

 

साधारण सभामा खड्क बहादुर गौतम क्षेत्री,सचिव नागेन्द्रप्रसाद नेपाल,र उपाध्यक्ष शंकरप्रसाद ज्ञवाली लगायतले बोलेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?