Butwal Today

भैरहवामा खुल्यो ‘बारी फुड्स’ मिनी मार्ट, ड्राइफ्रुट्सदेखि घरेलु किम्चीसम्म उपलब्ध

२७ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

भैरहवा ।

रुपन्देहीको भैरहवास्थित मिलनचोकमा ‘बारी फुड्स’ को नयाँ मिनी मार्ट सञ्चालनमा आएको छ । मिलनचोकस्थित पवन मिष्ठान भण्डारको साइडमा खुलेको उक्त मार्टमा प्रिमियम गुणस्तरका ड्राइफ्रुट्स, विभिन्न प्रकारका मसला, सिड्स, अर्गानिक खाद्यान्न तथा घरेलु स्वादका विशेष परिकार उपलब्ध छन् ।

मार्टकी सञ्चालक मनिषा थापा कशौधनका अनुसार उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्री एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले बारी फुड्स सञ्चालनमा ल्याइएको हो । मार्टमा दैनिक उपभोगका खाद्य सामग्रीसँगै स्वास्थ्यप्रति सचेत उपभोक्तालाई लक्षित गरी विभिन्न प्रकारका ड्राइफ्रुट्स र सिड्ससमेत राखिएका छन् ।

मार्टमा करिब १६ देखि १७ प्रकारका ड्राइफ्रुट्सका सामग्री उपलब्ध छन् । बादाम, पिस्ता, पम्पकिन सिड, चिया सिड, सनफ्लावर सिड, मेलन सिड, ड्राइ क्यानबेरी र ड्राइ ब्लुबेरीलगायतका सामग्री यहाँ पाइन्छन् । विभिन्न प्रकारका मसला र अन्य खाद्य सामग्रीसमेत उपलब्ध रहेको सञ्चालक कशौधनले बताइन् ।

बारी फुड्समा सामग्रीको गुणस्तरसँगै आकर्षक प्याकेजिङलाई पनि प्राथमिकता दिइएको छ । प्रिमियम नट्स तथा प्रिमियम डेट्सलगायतका उत्पादनलाई आकर्षक प्याकेजिङमा उपलब्ध गराइएको छ । यसले व्यक्तिगत उपभोगका साथै उपहारका रुपमा खाद्य सामग्री खरिद गर्न चाहने ग्राहकलाई समेत सहज हुने अपेक्षा गरिएको छ ।

मार्टको अर्को विशेषता घरेलु उत्पादनका परिकार हुन् । यहाँ कोरियन परिकार ‘राडिस किम्ची’ र सोयाबिनको अचार उपलब्ध छन् । कोरियन विधि अपनाएर नेपाली स्वादअनुसार तयार गरिएका यी परिकारले फरक स्वाद खोज्ने उपभोक्तालाई आकर्षित गर्ने सञ्चालकको अपेक्षा छ । आगामी दिनमा चिकेन अचारसमेत उत्पादन तथा बिक्री गर्ने योजना रहेको उनले जानकारी दिइन् ।

त्यस्तै, बारी फुड्सले अर्गानिक खाद्यान्नको उपलब्धतालाई पनि विस्तार गर्ने तयारी गरेको छ । दाल, चामलसँगै पहाडी क्षेत्रका कोदो, फापर र विभिन्न प्रकारका गेडागुडी क्रमशः उपलब्ध गराउँदै लगिने सञ्चालक कशौधनले बताइन् । स्थानीय उत्पादन र परम्परागत खाद्य सामग्रीलाई उपभोक्तासम्म पु¥याउने योजनाअनुसार सामग्रीको दायरा बढाउँदै लगिने उनको भनाइ छ ।

मार्टमा आफ्नै उत्पादनका रूपमा कल्पवृक्ष मिस्रीसमेत उपलब्ध छ । विभिन्न स्वाद, गुणस्तर र खाद्य सामग्रीको विविधतालाई समेटेर सञ्चालनमा ल्याइएको बारी फुड्सले भैरहवाका उपभोक्तालाई नयाँ खाद्य सामग्रीको छनोट उपलब्ध गराउने लक्ष्य राखेको छ ।

पछिल्लो समय उपभोक्तामा गुणस्तरीय खाद्य सामग्री, आकर्षक प्याकेजिङ र फरक स्वादका परिकारप्रति रुचि बढ्दै गएको अवस्थामा बारी फुड्सले ड्राइफ्रुट्स, सिड्स, अचार तथा अर्गानिक खाद्यान्नलाई एउटै छानामुनि उपलब्ध गराउने प्रयास गरेको छ । आगामी दिनमा थप सामग्री समावेश गर्दै सेवा विस्तार गर्ने योजना पनि मार्टले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?