Butwal Today

स्वर्णबिन्दु खोपमा अस्तव्यस्त, सेवाग्राहीलाई सास्ती

१९ आश्विन २०८३, सोमबार
अ
अ+
अ-
चन्द्रौटा ।
कपिलवस्तुमा स्वर्णबिन्दु प्राशन खोप लगाउन पुगेका सेवाग्राहीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । शिवराज नगरपालिका-५, चन्द्रौटास्थित शिवराज आधारभूत सेवा अस्पतालमा साेमबार सेवाग्राही सास्ती खेप्नु परेकाे गुनासाे गरेका छन् ।
बिहानैदेखि अस्पताल पुगेर लाइनमा बसेका सेवाग्राहीले लामो समय बितिसक्दा पनि खोप लगाउने पालो नपाएको रिशमा थारुकाे गुनासाे छ । घण्टौँसम्म लाइनभन्दा पनि बहिरा उभिएर बस्नुपर्दा बालबालिका, महिला तथा अभिभावक थप समस्यामा परेको थारुलगायत अधिकांश सेवाग्राहीकाे दुखेसाे छ ।
खोप सेवा लिन आउने सेवाग्राहीको चापअनुसार व्यवस्थापन नहुँदा अस्पतालमा भीड बढेको र सेवाग्राहीले अनावश्यक हैरानी व्यहोर्नुपरेको स्थानीय थानेश्वर अर्यालले बताए । एक सेवाग्राहीले भने: ‘बिहानै आएर लाइनमा बसेका छौँ, घण्टौँ बितिसक्दा पनि पालो आएको छैन् । खोप लगाउन आउँदा झन् सास्ती खेप्नुपर्ने अवस्था भयो ।’
सेवाग्राहीले खोप सेवा व्यवस्थित बनाउन पर्याप्त जनशक्ति परिचालन, छुट्टाछुट्टै लाइन तथा प्रभावकारी व्यवस्थापन गर्न अस्पताल प्रशासनसँग माग गरेका छन् । वडा नम्बर-५ का वडा अध्यक्ष तथा अस्पतालका अध्यक्ष नेत्र प्रसाद बेल्वासेले नगरपालिका कार्यक्रम रहेकाे बताए । नगर प्रमुख अजय थापालाई उद्घाटन गर्न बाेलाएकाे भएपनि अबेरसम्म नआउँदा सेवाग्राहीकाे चाप बढेकाे उनले बताए । चापढेपछि अवस्था ढेग्ना नसकेकाे बताउँदै व्यवस्था गर्न स्थानीय प्रहरी गुहार गरेकाे उनकाे भनाइ छ ।
यता नगर प्रमुख थापाले साधनमा समस्या आएकाे बताउँदै सेवाग्राही विहान घरमा आएपछि कार्यक्रम आउन नसकेकाे स्वीकार गरे । आगामी दिनमा यसलाई व्यवस्थापन गरेर अघि बढ्ने बताउँदै पहिलाे पटक आएका कारण सुधार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?