Butwal Today

टाईफाइड, स्क्रब टाइफस र डेगीं संक्रमणको जोखिम

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

सामान्य रूपमा भाद्र महिनादेखि असोज र कात्तिक महिनासम्म देखिने ज्वरो सामान्यतया मौसमी ज्वरो मात्र नहुन सक्छ । हाल तराई तथा तल्लो पहाडि भेगमा तिब्ररूपमा टाइफाइड, डेंगी र स्क्रब टाइफस जस्ता रोगहरू हुन सक्दछन ।

यस वर्षातको समयमा सामान्य ज्वरो मात्र नभएर भाइरस र ब्याक्टेरियाको टोकाइबाट लाग्न सक्ने डरलाग्दा लक्षणहरू हुन सक्दछन । उस्तै उस्तै लक्षण हुने गरेका यि ३ प्रकारका रोगहरू बर्षातको समयमा र वर्षा सकिसकेपछि बढि देखिने गरेको पाइन्छ ।

बर्षातको समयमा हुने प्रदुषित र फोहर मिसिएको पानीका कारण टाइफाइडको कारण हुन सक्दछ । निरन्तर रूपमा जम्ने पानीका कारण डेगीं फैलाउने लामखुट्टेहरू फैलिन सक्दछन र डेंगी हुन सक्दछ र झाडी क्षेत्र तथा स– साना जनावरहरूको शरीरमा पाइने संक्रमित चिगरमाइट (किर्ना जस्तो देखिने साना किराहरू) बर्षातको समयमा पानीको माध्यमबाट फैलिने गर्दछ जसबाट स्क्रब टाइफस हुन सक्दछ ।

टाइफाइड

साल्मोनिला टाइपmाइड नामक ब्याक्टेरियाको संक्रमणबाट टाइफाइड रोग लाग्ने गर्दछ । यस प्रकारको ब्याक्टेरिया फोहर पानी र दुषित खानाको माध्यमबाट मानव शरीरमा प्रवेश गर्ने र संक्रमण सुरु हुने गर्दछ । वर्षातको समयमा फोहर पानी बगेर पानीका मुहानमा मिसिन सक्ने र त्यही पानी घरसम्म पु¥याई पिउने टाइफाइड संक्रमणको मुख्य कारण हो । फोहरहरू छुँदा हात सफासँग नधुने र त्यहि हातले खाने कुरा खाँदा अर्को माध्यमबाट सर्न सक्दछ ।

टाइफाइड धेरै मात्रामा स(साना उमेरका बच्चाहरूमा बढि देखिन सक्दछ । संक्रमण भएको केही दिनसम्म शरीरभित्र किटाणुले आफ्नो आहार पूरा गर्ने र सक्षम भए पश्चात फैलिन सुरु गर्ने गर्दछ र मानव शरीरमा यस रोगको संक्रमणका लक्षणहरू देखिन सुरु हुने गर्दछ । शुरुमा शरिरको पाचन प्रणालीमा यसका ब्याक्टेरियाहरू फैलिने गर्दछन, बिस्तारै सानो आन्द्रामा पुगी पोषक तत्व नष्ट गर्ने र रोक्ने गर्दछ जसका कारण मानिस छिटो कमजोर हुने गर्दछन ।

रगतमा पुगेपछि रोग सँग लड्न सक्ने क्षमता कमजोर गराई विस्तारै मानव शरिर नै कमजोर बनाउँछ । यो क्रम सामान्यतया १० दिन देखि १४ दिनसम्म हुने गर्दछ र यस समयमा उपचार नभएको अवस्थामा र कमजोर क्षमता भएमा मानिसको मृत्युसम्म हुने गर्दछ ।

स्क्रब टाइफस

ओरिएन्टिया त्सुत्सुगामुशी नामक ब्याक्टेरियाको संक्रमणबाट स्क्रब टाइफस रोग लाग्ने गर्दछ । यो एक किर्ना जस्तो देखिने संक्रमित चिगर माइटको टोकाइबाट सर्ने गर्दछ । यस्ता चिगर माइटहरू फोहर, झाडी र जनावरहरूको बासस्थान वरिपरी रहने गर्दछन ।

वर्षातको समयमा यस्ता माइटहरूको प्रजननको उपयुक्त समय हुने र छोटो समयमा नै प्रजनन पूरा भई धेरै मात्रामा माइट फैलिने गर्दछन । यस माइटको आहारा रगत हुने भएकाले जनावर र मानव शरीरमा टोकी आहार पूरा गर्दछ । यो माइट ठूला जनावरसँग भन्दा स– साना जनावरको शरिरमा बढि टाँसिने गर्दछ र उक्त जनावरबाट हाम्रो घर वरिपरी आइपुग्दछ । अन्य जनावरमाभन्दा यो बढि मुसाको शरीरमा धेरै रहने गर्दछ र मुसाको माध्यमबाट फैलिने गर्दछ ।

उपयुक्त वातावरण हुनासाथ मानिसलाई टोक्ने गर्दछ । मानिसलाई टोके पश्चात स्क्रब टाइफस संक्रमण हुने गर्दछ । यसको संक्रमण ८ दिनदेखि १२ दिनसम्म हुने गर्दछ । टोकाई पश्चात रगतको माध्यम हुँदै शरिरभरि फैलिन पुग्दछ । विस्तारै रोगसँग लड्ने क्षमता कमजोर गराउदै यसका किटाणु फोक्सो, कलेजो र मृगौलासम्म पुग्ने गर्दछ ।

समयमा उपचार नभए फोक्सोमा पानी जम्ने, कलेजोले काम गर्न नसक्ने हुने र मृगौला फेल हुने र मानिसको मृत्युसम्म हुने गर्दछ ।

डेँगीः

संक्रमित एडिज एजेप्टाईस नामक लामखुट्टेको टोकाईबाट डेगीं भाइरस रोग लाग्ने गर्दछ । सामान्य लामखुट्टेले भन्दा डेगींका लामखुट्टेहरू फरक हुने गर्दछन । चार प्रजातिका लामखुट्टे पाइने मध्ये यो एक प्रकारको हो । यस्ता लामखुट्टेहरू कालो र सेतो मिसिएको पाटे रंगको हुने गर्दछ ।

डेँगी लामखुट्टेहरू वर्षातको समय सकिए पश्चात विभिन्न ठाउँहरूमा जमेर बस्ने, पानीमा फूल पार्ने र सोही पानी धेरै दिनसम्म जमेर बसेमा सोही पानीमा नै हुर्किने गर्दछन । यो फोहर पानीमा रहँदैन । सफा जमेको पानीमा हुिर्कने र पछि आहारका लागी मानिसलाई टोक्ने र टोकेको समयमा यो मानिसमा सर्ने गर्दछ ।

कुनै ब्यक्तिलाई डेँगी भएको छ र लामखुट्टेले टोक्छ र सोही लामखुट्टेले अर्को ब्यक्तिलाई टोक्छ भने झन छिटो डेँगी सर्ने गर्दछ । डेँगीका लामखुट्टेहरूले सामान्यतया बेलुका घाम अस्ताउने समयमा टोक्ने र खुट्टाहरूको भागमा बढि टोक्ने गरेको विभिन्न अनुसन्धानबाट जान्न सकिन्छ । टोकाइपश्चात रगतको माध्यम हुदै रक्तकोषिकाहरू नष्ट गर्ने गर्दछ ।

पेलेटलेट्सहरू नाश गर्ने र बिस्तारै बोनम्यारोसम्म पुगी रक्तकोषिका उत्पादन गर्ने स्थान( बोन म्यारो नै नाश गरि रक्त उत्पादन नै कम गराउँदछ । जसकाकारण शरीरमा रगतको मात्र कम हुने, नजम्ने जस्ता समस्या भई मृत्युसम्म हुन पुग्दछ ।

झट्ट हेर्दा उस्तै लाग्ने र लक्षण पनि उस्तै उस्तै देखिने यी तीन संक्रमण हाल निकै बढेको देख्न सकिन्छ । एक ब्यक्तिमा एक संक्रमण मात्र नभएर दुई वा तिनै प्रकारका संक्रमण समेत देखापरेको छ । वर्षातको समयमा सरसफाईमा ध्यान नदिनु, शुद्ध पानी प्रयोग नगर्नु र सावधानी नअपनाउनु नै यस संक्रमण फैलिनुका मुख्य कारणहरू हुन ।

पहाडी जिल्लाहरूमा स्क्रब टाइफस, तराइका जिल्लाहरूमा टाइफाइड र दुवै क्षेत्रमा डेगीं फैलिएको स्वास्थ्य सम्बन्धि प्रतिवेदनहरूमा देख्न सकिन्छ । लुम्बिनी प्रदेशमा रहेको पाल्पा जिल्लामा विगतको एक महिनामा मात्रै देशको उच्च सङख्यामा डेँगी र स्क्रब टाइफस संक्रमण पुष्टि भएको देखिन्छ ।

जसमा दुई वा तिन संक्रमण धेरै रहेको देख्न सकिन्छ । विगतका दिनहरूमा डेँगी रोगका कारण धेरै मृत्यु भएका तथ्यांकहरू हामी हेर्न सक्छौ भने हालका दिनहरूमा स्क्रब टाइफसबाट धेरै मृत्यु भएको हेर्न सक्छौ ।

ज्वरो आउँदा सामान्य घरेलु उपचारमामात्र सिमित भएर बस्नु खतरनाक हुन सक्दछ । सामान्य लक्षणबाट सुरु हुने यी रोगहरू समयमा उपचार नभएको खण्डमा जटिल हुदै जाने र मृत्युसम्म भएको तथ्याङ्क धेरै देख्न सकिन्छ । अझ धेरै त सामान्य मेडिकलमा जाने चेकजाँच नगरी कडा भन्दा कडा औषधी लिई सेवन गर्ने जस्ता गतिबिधिले बिरामी निको नहुने साथै झन साइडइफेक्ट धेरै बढेर अँगहरू नै बिग्रिन सक्दछन ।

त्यसकारण उच्च ज्वरो आउनु भनेको यी तिन रोगहरूका लक्षण हुन सक्ने भएकोले समयमा नै उपचार गर्न र चिकित्सकको सल्लाह अनुरूप नियमित औषधी सेवन गरेमा समयमा निको भई जोखिमबाट बच्न सकिन्छ । समग्ररूपमा सरसफाई नै यस्ता संक्रमणाबाट बच्ने मूख्यकारण हुने भएकाले विशेष गरि वर्षातको समयमा सरसफाई र पिउने पानी शुद्धिकरण गर्नु नै रोकथामको प्रमुख उपाय हो ।

गाउँघरमा खाली भाँडाहरूमा पानी जम्न नदिने, पानीका श्रोत र मुहानहरू सफा राख्ने, पिउने पानी शुद्धिकरण गर्ने, घर वरिपरी सरसफाई गरि झाडीहरू हुन नदिने, घरमा मुसाहरू आउन, रहन नदिने र खेत वारीमा काम गर्दा विशेष सावधानी अपनाउने गरेमा यस्ता रोगहरूको संक्रमणबाट बच्न सकिन्छ ।

उपचारबाट समाधान खोज्न भन्दापनि रोग नै लाग्न नदिने, संक्रमण फैलिन नदिने र आफू अनि आफ्नो समुदायलाई सुरक्षित बनाउन हामी सबै लाग्नुपर्ने आजको मूख्य आवश्यकता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?