Butwal Today

डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

७ आश्विन २०८३, बुधबार
अ+
अ-

काठमाडौँ ।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि १ करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन । सो अवसरमा उनले डब्लुडब्लुएफ नेपाल आफ्नो अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे ।

राष्ट्रिय प्रतिनिधि डा गुरुङले बाढीबाट प्रभावितहरु अझै पनि सम्पर्कविहीन रहेका र सडक तथा सञ्चार सम्पर्कमा अत्यधिक क्षति पुगेको अवस्थामा कोषले ती समुदायमा पहुँच पुनःस्थापित गर्न र उनीहरूलाई पुनःजोड्न सरकारका तत्कालीन प्रयासलाई सहयोग गर्ने बताए ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?