Butwal Today

जनकपुरमा घरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

४ आश्विन २०८३, आइतबार
अ+
अ-

जनकपुरधाम । जनकपुरमा गए राति एक घरमा आगलागी हुँदा पूर्व शिक्षकको जलेर मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८, रामानन्दचोकस्थित घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो ।

राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका सहनीको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी सहनी अवकाशप्राप्त शिक्षक हुन् । आगलागीका क्रममा उनकी नातिनीले भने भागेर ज्यान जोगाएकी छन् ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशङ्का छ । घटनास्थलमा अहिले प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?