Butwal Today

व्यावसायिक खेतीले जीवनस्तर परिवर्तन 

२ आश्विन २०८३, शुक्रबार
अ+
अ-

दाङ  । दाङ किसानले व्यावसायिक खेती गरेर जीवन परिवर्तन गरेका छन् । घोराही उपमहानगरपालिका -२ रामपुरकी अनिता चौधरी दिउँसोको पारिलो घाममा बारीमा काम गरिरहेको अवस्थामा भेटिइन।

उनका बारीमा अहिले काउली , बन्दा र गोलभेँडा  हुर्किरहेका छन् । उनले विगत  पाँच वर्षदेखि व्यावसायिक रूप तरकारी खेती गरिरहेको  बताइन् । छिमेकीको १० कठ्ठा जमिन वार्षिक ३० हजार दिने सर्तमा भाडामा लिइएको उनको भनाइ छ।

काउली बन्दा बिक्रीबाट वार्षिक ८० हजार भन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ। नजिकै रहेको चेपे सोताको पानीले सिचाइ गरेर बाह्रै महिना खेती गर्ने गरेको उनले बताइन् । मकै खेती गर्ने बारीमा बाह्रै महिना तरकारी खेती गर्छौ , नगद आम्दानी हुने गरेको छ।ू उनले भनिन् ।

सोही ठाँउका प्रकाश  चौधरीले २० कठ्ठा जमिनमा तरकारी खेती गरेका छन् । उनका बारीमा अहिले काउली, बन्दा , भन्टा र गोलभेँडा फल्ने तयारीमा छन् । उनले बिहान बेलुका घरको काम गर्ने र दिउँसो अटोरिक्सा चलाउने गरेका छन् तर तरकारी खेतीबाट धेरै आम्दानी हुने गरेको उनले बताए । तरकारीको मुल्य राम्रो हुने गरेको छ। घोराहीका व्यापारी खेत मै आउँछन् बिक्री गर्ने टाढा जानुपर्दैन।

घोराही  २ रामपुरकी उर्मिला  चौधरीले व्यावसायिक रूपमा खेती गर्न थाले पछि जीवन परिवर्तन भएको बताइन। पहिले घरमा खानलाई  मात्र तरकारी खेती गर्ने  गरेकोमा पछिल्लो  समय ४ वर्ष देखि व्यावसायिक तरकारी खेती गर्न थालेपछि जीवन परिवर्तन भएको बताइन् ।

वार्षिक ८ लाख आम्दानी हुने गरेको उनको भनाइ छ। काउली, बन्दा , करेला, सिमी बिक्री गरेर प्रशस्त आम्दानी हुने गरेको छ, उनले भनिन् । पानीको सुविधा छ, खेतीपातीबाट जीवनमा परिवर्तन आयो। यही खेतीबाट दुई कठ्ठा जमिन थपेको उनले बताइन् ।

घोराही उपमहानगरपालिका  वडा नम्बर १ का वडा अध्यक्ष राममणी पाण्डेले रामपुर र आसपासका किसानले व्यावसायिक खेती गरेर लाखौं आम्दानी गर्ने गरेको बताए । किसानलाई प्रोत्साहन गर्न र जीवन परिवर्तन गर्नका लागि वडाले कृतिमा जलाशय संरक्षण गर्ने र सिचाइको सुविधा पुराउने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?