Butwal Today

ओजोन तह संरक्षणमा नेपालको भूमिका 

३१ भाद्र २०८३, बुधबार
अ+
अ-

चिसो ग्रहका लागि विश्वव्यापी कार्य भन्ने नाराका साथ आज विश्व ओजोन तह संरक्षण दिवस मनाईदैछ । हरेक वर्षको सेप्टेम्बर १६ मा विश्व ओजोन तह संरक्षण दिवस मनाईन्छ ।

औद्योगिक राष्ट्रहरूले ठूलो मात्रामा कार्बन उत्सर्जन गर्न थालेपछि ओजोन तहमा क्षति पुगिरहेको छ । पछिल्लो समय ओजोन तह संरक्षणमा चुनौती थपिएको छ । औद्योगिकीकरणका साथै केही रासायनिक पदार्थ, विशेष गरी क्लोरोफ्लोरोकार्बन लगायतका ओजोन विनाशकारी पदार्थले ओजोन तहमा प्वाल पार्ने समस्या बढाउँदै लगेका छन् ।

जसको असरले पृथ्वीमा पराबैजनी विकिरणको मात्रा बढ्न सक्ने भएकाले छालाको क्यान्सर, आँखासम्बन्धी समस्या तथा जैविक विविधतामा प्रतिकूल प्रभाव पर्न सक्छ । त्यसैले ओजोन तहको संरक्षण केवल वातावरणीय विषय नभई मानव स्वास्थ्य र भविष्यको सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो । यो विषयमा मानव जगत अव गंभीर बन्नु जरुरी छ ।

केही समययता तापमान बृद्धि चुनौतिको रूपमा देखापरेकोले ओजोन तह बढाउने कारक तत्वको विषयमा संवेदनशील हुनुपर्ने आवश्यकता छ । ओजोन तह संरक्षणका लागि विश्वका बैज्ञानिकहरूले नियन्त्रणमा राख्न शक्तिशाली राष्ट्रहरूले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

यो दिवसकै इतिहासको कुरा गर्दा सन् १९८७ सेप्टेम्बर १६ मा विश्वका २४ वटा राष्ट्रले ओजोन विनासका हानिकारक तत्वहरूको उत्पादनमा कमी ल्याउने मोन्ट्रेयल सम्झौतामा हस्ताक्षर गरेको दिनको स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ । ओजोन तह दिवस मनाउन थालिएको ३१ बर्ष भयो तर यसवीचमा ओजोन तह संरक्षणको सवालमा खासै महत्वपूर्ण काम भएको छैन् ।

ओजोन तहको विनास गर्ने हानिकारक तत्वहरूमा क्लोरोफ्लोरोकार्व, कार्बनडाइ अक्साइड लगायत अन्य विभिन्न ९४ वटा रसायन पर्छन् । तर तीनको प्रयोगमा कमी ल्याउनुको साटो झनै बृद्धि भएको पाइएको छ । ओजोन तहको विनासकै कारण जलवायु परिवर्तनको नकारात्मक असरसँगै बर्सेनी तापक्रम वृद्धि भइरहेको छ ।

पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमिमाथि रहेको ओजोन एउटा रक्षात्मक कवज हो । यसले सूर्यका हानिकारक किरण पृथ्वीमा प्रत्यक्ष प्रवेश गर्न रोक लगाउँछ । मानवका अप्राकृतिक क्रियाकलाप तथा वन, वातावरणीय विनाश, जल, वायु तथा विविध प्रदुषण, अव्यवस्थित सहरीकरण तथा औद्योगिकीकरण, रासायनिक पदार्थको बढ्दो प्रयोगले ओजोन तहमा प्वाल परेको छ । यसले पृथ्वीको तापक्रम वृद्धि र जलवायु परिवर्तनमा टेवा पु¥याइरहेको छ ।

बैज्ञानिकहरूले जारी गरेको सूचनामा पृथ्वीमा २० प्रतिशतले ओजोन तह विनाश भएको पाइएको छ । तर, अन्टार्कटिकाको आकासमा ८० प्रतिशतभन्दा बढी ओजोन तह नष्ट भएको विभिन्न अध्ययनले देखाएको छ । नेपालले वातावरण जोगाउँदै तापक्रम सन्तुलन तथा ओजोन तह विनास रोक्न प्राथमिकता दिदै आएको सर्वविदितै छ ।

अवको दिनमा नेपालमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले मिलेर काम गर्नु जरुरी छ । खासगरी विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरूले ध्यान दिएनन भने विश्व अव खतराको सूचीमा पर्ने निश्चित छ । खासगरी गरिब, महिला र विपन्न वर्गमा जलवायु परिवर्तनले परिरहेका असरलाई सम्बोधन गर्न थप सहयोगको प्रतिबद्धता र जलवायु न्यायको प्रश्नलाई सम्बोधन गर्नु आवश्यक छ ।

ओजोन तह विनास कम गर्नेतर्फ अवको दिनमा ध्यान दिनु जरुरी छ । होइन भने नेपालले पनि वातावरणीय चुनौतिको सामना गर्नुपर्नेछ । अवको दिनमा नेपालले पनि वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरणका प्रयासलाई अझ प्रभावकारी बनाउनु आवश्यक छ । ओजोनमैत्री प्रविधिको प्रयोग, वातावरणीय चेतना अभिवृद्धि, हानिकारक रसायनको उचित व्यवस्थापन तथा सम्बन्धित कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । साथै, नागरिक तहमा पनि ऊर्जा बचत गर्ने र वातावरणमैत्री उपकरण प्रयोग गर्ने संस्कार विकास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?