Butwal Today

आईएमई लाईफ इन्स्योरेन्सद्धारा उपचारमा छुट

३० भाद्र २०८३, मंगलवार
अ+
अ-

बुटवल ।

आईएमई लाईफ इन्स्योरेन्स र साधना पोलिक्लिनिक प्रालि देवदह बिच कर्मचारी , अभिकर्ता , बिमितहरुको उपचारमा सहुलियत दिने सहमति भएको छ ।

सम्झौता अनुसार बिमितहरुले २५ प्रतिशत सम्म उपचारमा छुट पाउने छन् । एक्सरेमा १० प्रतिशत भिडियो एक्सरेमा रु २०० , ल्याब टेस्ट १५ प्रतिशत , औषधी ५ प्रतिशत , ओपिडी कार्ड २५ प्रतिशत , बेड चार्जमा २५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

‎आईएमई लाईफ इन्स्योरेन्स बुटवल शाखा प्रमुख विमल छन्तेल र पोलिक्लिनिकको तर्फबाट मेडिकल डाइरेक्टर डा . विष्णु ढकाल शर्माले हस्ताक्षर गरेका छन् । आईएमई लाईफ इन्स्योरेन्सले उपलब्ध गराएको प्री भिलेज कार्ड वा सक्कल बिमा लेख देखाउनु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?