Butwal Today

मानव बेचबिखन र लैङ्गिक हिंसा

२९ भाद्र २०८३, सोमबार
अ+
अ-

मानव बेचबिखन तथा ओसारपसार एक जघन्य अपराध हो । सङ्गठित अपराधको रूपमा विश्वव्यापी रूपमा फस्टाउँदै गएको मानव बेचविखन नेपालमा पनि कहालीलाग्दो अवस्थामा छ । नेपालमा मानव बेचबिखन कार्य रोक्न सरकारी तथा गैरसरकारी संंघ संस्थाहरू क्रियाशील भएतापनि यो सङ्गठित अपराध रोकिनसकेको छैन् ।

सरकारसँग ठोस नीति नभएका कारण र कागजीरूपमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध बनेको ऐन २०६४ र नियमावली २०६५ को राम्रोसँग कार्यान्वयन हुन सकिरहेको छैन । मानव बेचबिखन भन्ने बित्तिकै कुनैपनि उद्देश्यले मानिसलाई किन्नु वा बेच्नु, यौन व्यवसायमा लगाउनु, बेश्यागमन गर्नु र कानुन बमोजिम भन्दा बाहेक मानिसको अङ्ग निकाल्नुलाई बुझाउँदछ भने लिङ्गको आधारमा हुने ंिहंसालाई लैङ्गिक हिंसा भनिन्छ ।

हिंसा यस प्रकारका हुन्छन (१) यौन हिंसाः (बलत्कार), यौन दुव्र्यबहार, यौन शोषण आदि । (२) सामाजिक हिंसाः (जातीय भेदभाव तथा छुवाछुत, दाइजो प्रथा, देउकी प्रथा आदि । (३) शारीरिक हिंसाः (कुटपिट,चोटपटक, हत्या आदि (४ं) मानसिक हिंसाः –धम्की, अपमान, गालीगलौच), डरत्रास आदि । आर्थिक हिंसाः (आर्थिक स्रोतको पहुँचमा रोक्ने, सम्पत्तिबाट बन्चित गर्ने आदिरहेका छन् ।

लैङ्गिक हिंसा र मानव बेचबिखनका प्रमुख कारण गरिबी र बेरोजगारी, अशिक्षा तथा जनचेतनाको कमी लैङ्गिक असमानता र घरेलु हिंसा बालबिवाह बैदेशिक रोजगारीका नाममा हुने ठगी सामाजिक कु– संस्कार र अन्धबिश्वास कमजोर कानुनी कार्यान्वयन सामाजिक संजालको दुरूपयोग प्रभावको कारणले लैङ्गिक हिंसा तथा मानव बेचबिखनका कारण पीडितले विभिन्न समस्या भोग्नुपर्दछ ।

शारीरिक चोटपटक तथा स्वास्थ्य समस्या, मानसिक तनाव, डिप्रेशन र आत्माबिश्वासमा कमी, शिक्षा र रोजगारीमा बञ्चित हुने सामाजिक बहिष्कार तथा अपमान, आर्थिक कठिनाई, परिवार बिखण्डन, मानव अधिकारको गम्भीर उल्लंघन, रोकथामका उपाय अपराध, न्यूनीकरण गर्न निम्न उपायाहरू प्रभावकारी हुन सक्छन् ।

लैङ्गिक हिंसा र मानव बेचबिखन तथा ओसारपसार बीचको अन्तरसम्बन्ध लैङ्गिक हिंसा र मानव बेचबिखन तथा ओसारपसार एक अर्कासँग अत्यन्त गहिरो रूपमा सम्बन्धित मानव अधिकारका गम्भीर उल्लंघन हुन् । यी दुई समस्या फरक प्रकृतिका देखिएपनि एउटाले अर्कोलाई जन्मदिने, बढावादिने तथा निरन्तरता प्रदान गर्ने कार्य गर्दछन् ।

लैङ्गिक बिभेद, शक्ति असन्तुलन, गरिबी, अशिक्षा, बेरोजगारी, सामाजिक असमानता, पितृसतात्मक सोँचका कारण बिशेषगरि महिला, किशोरी तथा बालबालिका हिंसा र बेचबिखनको उच्च जोखिममा पर्ने गरेका छन् । लैङ्गिक हिंसाको सिकार भएका व्यक्तिहरू सामाजिक रूपमा एक्लो र आर्थिकरूपमा असुरक्षित अवस्थामा पुग्छन् ।

यही कमजोर अवस्थाको फाइदा उठाउँदै मानव बेचबिखनमा संलग्न गिरोहहरूले राम्रो रोजगारी, उच्च शिक्षा, बिवाह, बैदेशिक रोजगारी, राम्रो जीवनको प्रलोभन देखाएर उनीहरूलाई आफ्नो जालमा पार्ने गर्दछन । सामाजिक संजाल र प्रविधिको दुरूपयोगले पनि अहिले मानव बेचबिखनका नयाँ स्वरूपहरू देखापरिरहेका छन् ।

मानिस सामाजिक प्राणी भएकोले ऊ समाजमा बाँच्न चाहन्छ । जब मान्छे कुनै कारणवस परिवारबाट अपहेलित, बिचलित हुन्छ वा हिंसाको चपेटामा पर्दछ भने उसले सहारा खोज्न थाल्दछ । यसरी सहारा लिने क्रममा कोही अपरिचित वा आफन्तको सहयोग लिएको हुन्छ । त्यो मान्छले गलत ग¥यो भने उसलाई लगेर अन्य कुनै फाईदा लिन सक्छ वा बिक्री गरिदिन पनि सक्छ ।

बेचबिखनबाट उद्धार भएका महिला बालबालिकाहरू पनि यस्ता घटनाहरूको सिकार भईरहेको पाईन्छ । यसकारण लैङ्गिक हिंसा र मानव बेचबिखन एकापसमा सम्बन्ध रहन्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?