© 2026
चन्द्रौटा ।
बाढीका कारण बेपत्ता भएका १० वर्षीय बुद्ध लामाको शव भारतमा फेला परेको छ । शनिबार दिउँसो करिब ३ बजे आएको बाढीमा परी बेपत्ता भएका बाणगंगा नगरपालिका-८ का लामाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले लामाको शव नेपाल–भारत सीमाबाट करिब २ किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्ने बबुहाल खोलामा आइतबार दिउँसो १२ बजे फेला परेको बताए । फेला परेको शव भारतीय प्रहरीको समन्वयमा सोहरतगढ प्रहरी चौकीमा राखिएको छ ।
आवश्यक समन्वय गरी शव नेपाल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उपरीक्षक सिंहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।