Butwal Today

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

२७ भाद्र २०८३, शनिबार
अ+
अ-

काबुल । उत्तरी अफगानिस्तानको बल्ख प्रान्तमा शुक्रबार दुई वटा सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । प्रान्तीय प्रहरी कार्यालयले दुर्घटनाबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार राजधानी काबुललाई बल्ख प्रान्तसँग जोड्ने राजमार्गअन्तर्गतको ‘हैरातान डुअल क्यारिजवे’ मा तीव्र गतिमा गुडिरहेको एक सवारीसाधनलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको र छ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा लापरबाहीपूर्वक सवारी चलाउनु र ट्राफिक नियमको पालना नगर्नु दुर्घटनाको मुख्य कारण देखिएको प्रहरीले जनाएको छ ।

युद्धग्रस्त अफगानिस्तानमा लापर्बाहीपूर्वक सवारी साधन सञ्चालन, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति, जीर्ण सडक तथा अपर्याप्त ट्राफिक पूर्वाधारका कारण सडक दुर्घटना मृत्युका प्रमुख कारणमध्ये एक बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?