ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
मुख्य खबर

संकटमा बंगुर व्यवसायी : ‘उत्पादन लागत घटाउन घाँस खुवाउन विज्ञको सुझाव’

२० माघ २०७९, शुक्रबार
२० माघ २०७९, शुक्रबार

बुटवल, माघ – बंगुर व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका तिला बहादुर सुर्यवंशीले बर्षमा ४ सय देखि ५ सय बंगुरका पाठा पाठी बिक्रि गर्दथे । महासंघका सचिव छत्र बुढाथोकीले बर्षमा करिव ३ हजार देखि ३५ सयसम्म पाठा/पाठी बर्षमा विक्रि गरेको स्मरण छ । तर गत बैशाख महिना यता उनिमात्रै होईन कुनै पनि व्यवसायीहरुले एउटा पनि बंगुरका पाठापाठी विक्रि गरेका छैनन ।
२,३ वटा बंगुरका पाठा पाठीहरु घर मा नै पाल्ने, हुर्काउने, मासुको रुपमा प्रयोग गर्ने प्रचलन केही बर्ष पहिला देखि सुरुवात भएको छ । जसको लागि रुपन्देही सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पाठा पाठी उत्पादनका लागि बंगुर पालन गर्ने किसानको संख्या समेत बढ्देको थियो । तर कोरोना कहर पछि आर्थिको आर्थिक मन्दीको असरको कारण अहिले बंगुर व्यवसायीहरु पलायन हुने अवस्था आएको छ ।
बंगुर व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तिला बहादुर सुर्यबंशीका अनुसार प्रदेशमा करिव ५ सय भन्दा बढि बंगुर फार्म दर्ता भएर सञ्चालनमा रहेका थिए । तर अहिले २०० भन्दा बढि फार्म बन्द नै भैसकेको उनको भनाई रहेको छ । अध्यक्ष सूर्यबंशी भन्छन्–‘नवलपरासीमा मात्रै केही समय यता ७० वटा भन्दा बढि फार्म बन्द भएको खबर पाएको छु, कतिपय विक्रि गरेर विदेश पलायन भएका छन् भने कतिपयले पेशा परिर्वतन गरेका छन् ।’
ठुला व्यवसायीक रुपमा बंगुर पालिका प्रदेशका २ सय भन्दा बढि बंगुर फार्म अहिले बन्द भएको प्रारम्भीक तथ्यांक बंगुर व्यवसायी महासंघ संग छ ।
भारतबाट गहु आयात बन्द भएपछि आकाशिएको दाना(चोक्कर)को भाउको कारण उत्पादन लागत थेग्न नसकेर किसानहरुले फार्म बन्द गर्नुपरेको गुनासो गर्दै आएका छन् ।
प्रति किलो ३ सय रुपैयाँमा बंगुर विक्रि गर्दै आएका किसानले अहिले पनि ३ सय मा नै बंगुर विक्रि गर्दै आएका छन् । तर दानाको मूल्य भने अहिले आकाशिएको छ । एक बर्ष पहिला ४० किलो दाना(चोक्कर)को १२ देखि १३ सय रुपैयाँमा पाउने गरेकोका अहिले मुल्य बढेर २२ सय देखि २३ सय रुपैयाँ पुगेको छ ।
घार वा टोल छिमेकमा उपभोगका लागि बंगुरका पाठापाठी पालन गर्ने प्रचलन समेत हराउदै जानु, मानिसमा बंगुरको मासु उपभोग गर्ने क्रस शक्तिको समेत अभाव हुँदा बजारमा बंगुरको मासुको माग ह्वात्तै घटेको व्यवसायी भनाई छ ।
बैंक तथा वित्तीय संस्थाले समेत कृषि कर्जा बन्द गरेको कारण पनि किसानले चर्को व्याज थेक्न नसकी फार्म नै विक्रि गरेका छन् भने कतिपय बैंकको किस्ता तिर्न नसकेर फार्म लिलाम विक्रि गरी कर्जा चुकाएको बताउँछन् ।
केही समय पहिला नवलपरासीको एउटा बंगुर फार्म बैंकले लिला निकालेको थियो । जसमा पारिवारिक सहयोगले लिलाम हुन बाट जोगीएपनि अन्य फार्म सञ्चालकहरु भने बैंकको किस्ता थेग्न, बैंक किस्ता समेत तिर्न नसकेको कारण समस्यामा परेका छन् ।

लागत कर्म गर्न घाँसमा आधारित उत्पादनमा जोडः
पछिल्लो समयमा बंगुर व्यवसाय नै पलायन हुन थालेको भन्दै सरोकारवालाहरुले बंगुर पालनमा विविधिकरण ल्याउनुपर्नेमा जोड दिएका छन् । आर्थिक मन्दी संगै मानिसहरुले बंगुर पालनका लागि पाठा पाठी खरिद गर्न छाडेको, बजारमा बंगुरको मासुको पनि माग कम रहेको कारणण् बंगुर व्यवसाय नै पलायन हुने अवस्था आएको भन्दै अव यसलाई विविधिकरण गर्नुपर्नेमा जोड दिइएको हो ।
प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका पुर्व महाशाखा प्र्र्रमुख तथा पशुपंक्षि विज्ञ तुलसीराम भण्डारीले अव किसानले उत्पादनमात्रै भन्दा पनि बंगुरको विभिनन परिकार बनाएर बजारीकरण गर्नु पर्ने बताउँछन् । केही समय देखि बंगुर पालन व्यवसाय फष्टाएको भएपनि अहिले आएर बंगुर को खपत बजारमा न्युनरहेको भन्दै उनले अव व्यवसायीलाई विविधिकरण गर्दै बिकल्प बंगुरको मासुका विभिन्न परिकार बनाएर विक्रि गर्नुपर्ने, पोर्क रेष्टुरेन्ट सञ्चालन गर्ने, मासुको अचार बनाउने, किमा बनाउने, मोमोब नाउने, मासुलाई स्मोक गरी भण्डारण गर्ने, मासु लाई ब्रान्डीङ्ग गरी विदेश सम्म निर्यात गर्न सक्ने गरी योजना बनाउन आवश्यक रहेको उनको भनाई छ ।
अर्का विज्ञ,कृषि तथा भुमि व्यवस्था मन्त्रालयका पुर्व महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेलले एक जना किसानले बंगुर पाठापाठी विक्रिका लागिपालना गरेका सोहीको सिको गर्दै अन्य किसानले समेत पाठा पाठी नै पाल्ने सस्कृती रहेको भन्दै यस्लाई चिर्नको लागि भिन्दा भिन्दै किसानले भिन्दा भिन्दै प्रयोजनका लागि बंगुर पालना गर्नुपर्ने बताएका थिए ।
उनले बंगुर मासुका लागि बजारीकरण गर्दा १० देखि १२ महिना भित्रमा बजारमा पठाउन आवश्यक रहेको भन्दै जुन स्वादका लागि समेत राम्रो हुने बताउँछन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले दानामा आधारिरहेर बंगुर पालन गर्दा अहिले लागत बढे्को र लागत अनुसारको प्रतिफल प्राप्त नभएको अवस्थामा घाँसमा आधारित बंगुर पालनमा जोड उनको भनाई छ । बंगुर फार्महरुले घाँसमा आधारित रहेर बंगुर पाल्दा दिनमा एक पटक मात्रै घाँसलाई दानाको रुपमा उपलब्ध गराउँदा त्यसले बंगुरको स्वाथ्य समेत राम्रो हुने, मासु समेत स्वादीलो हुने भएको कारण यो तर्फ किसानले विकल्प प्रयोग गर्नुपर्ने बताएका थिए ।
बर्सिम, लुसन घाँस,जै घाँस, क्लोफरा घाँस, बदामे घाँस लगायतका घाँस बंगुरलाई खुवाउँदा अन्यको तुलनामा ६० प्रतिशत सम्मको उच्च ग्रोथ रेट प्राप्त भएको उनको भनाई रहेको थियो ।

खपत बढाउन पोर्क फेष्टिभल
पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका नि.प्रमुख डा. परवेज आलमले बंगुर व्यवसायीहरुको प्रर्वद्धनका लागि बुटवल उद्योग बाणिज्य संघ द्धारा आयोजना हुन लागेको कृषि मेलामा ‘पोर्क फेष्टिभल’ आयोजनागर्न लागिएको बताउँन्छने । बंगुरको मासुको फाईदा, उपभोगीता, यसले गर्ने सकारातमक प्रभाव सहित बंगुर पालनमा अपनाउनुपर्ने विविधिकरण मेलामा प्रस्तुत गरिने बताए । बंगुर व्यवसायी महासंघ लुम्बिनी प्रदेश संगको सहकार्यमा उक्त कार्यक्रम आयोजना हुने र अन्तरक्रिया, गोष्ठी समेत सञ्चालन हुने उनको भनाई छ ।
लुम्बिनी प्रदेशले केही समय पहिला प्रति बर्ष ५ हजार बंगुरका पाठा पाठी अन्य प्रदेशमा निर्यात गर्दै आएको थियो । १९ हजार मेट्रिक टन बंगुरको मासु उत्पादन हुँदै आएको यो प्रदेशमा अहिले भने मासुको संख्या घटेको छ ।
बंगुरको मासु मुटुरोगीका लागि राम्रो मानिन्छ । खसी र राँगाको मासु ‘रेडमिट’मा पर्छ भने ‘चाम्र्सफ्याट’ नामक तत्व हुने बंगुर ‘ह्वाइट मिट’मा । ‘रेडमिट’लाई कोलेस्टोरलको स्रोत मानिन्छ । छिटो बढ्ने बंगुरको मासुको यस्तो गुण र स्वादका कारण यसप्रतिको परम्परागत धारणामा तीव्र परिवर्तन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?