© 2026
पाल्पा । तिनाउ नदीमा डुबेर शनिबार बिहान एक भारतीय नागरिकको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिकास्थित डायम साइडमा परिवारसहित घुम्न आएका भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगर इटवाका ३१ वर्षीय प्रभाष सोनीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सोनीको शव बुटवल उपमहानगरपालिका–रु स्थित उजेलापुरमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए ।
तिनाउ नदीमा पानीको बहाव बढेका कारण पौडी खेल्ने क्रममा सोनी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।