Butwal Today

रास्वपा सभापति लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो सातालाई सर्‍यो

३१ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साताका लागि सरेको छ । यसअघि उनी अगस्ट दोस्रो साता चीन भ्रमणमा जाने तयारी थियो ।

आन्तरिक तयारीलगायतका कारण भ्रमणको मिति सारिएको स्रोतले जनाएको छ ।

भ्रमणका क्रममा लामिछाने तिब्बतस्थित मानसरोवरसमेत पुग्ने कार्यक्रम तय भएको एक उच्च सरकारी अधिकारीले बताएका छन् । यसअघि उनी मानसरोवर जाने वा नजाने निश्चित भएको थिएन ।

चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटघाट गर्ने बताइएको छ । तर, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भने उनको भेट नहुने स्रोतले जनाएको छ ।

यसअघि भारतको दिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी फर्किएका लामिछानेले चीनमा पनि सोही प्रकृतिको भेटघाटको प्रबन्ध मिलाउने प्रयास गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?