Butwal Today

देश अँध्यारो सुरुङमा प्रवेश गरेको छ : राप्रपा अध्यक्ष लिङ्देन

३० श्रावण २०८३, शनिबार
अ+
अ-

नवलपरासी,पश्चिम् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा अब राष्ट्रिय सहमति अपरिहार्य रहेको बताए।नेपालमा लामो समय निषेधको राजनीति चलेकाले त्यसले देशलाई निकास दिन नसकेको उनको जिकिर रहेको थियो । राप्रपाको नवलपरासी जिल्ला अधिवेशनलाई सम्बोधन गर्न आज नवलपरासीको सदरमुकाम परासी आईपुगेका अध्यक्ष लिङ्ग्देनले भनेूहिजो राजाले दलहरुलाई निषेध गरे होलान दलहरूले राजालाई निषेध गरेहोलान,एउटै दललभित्र पनि एउटा गुटले अर्को गुटलाई निषेध गर्यो होला,तर लामो समय सम्म चलिआएको निषेधको राजनीतिले देशलाई दिशानिर्देश गर्न सकेन अब हामी सबै एकै ठाउँमा उभिएर राष्ट्रिय सहमति गर्नु आवश्यक छ ।

उनले पुराना नेताको विस्थापन नै मुलुकको समस्याको समाधान नभएको उल्लेख गर्दै सबै राजनीतिक दलहरुको एकता र सहमति बाटै निकास खोज्नु पर्नेमा जोड दिए ।आज राज्यबाट आम मान्छे डराएका छ्न बोलिदिने मान्छे खोजेका छ्न,कुनै क्षेत्र खुसी छैनन,देशको कुनै लक्ष्य छैन गन्तव्य छैन,देश अँध्यारो सुरुङ्गमा प्रवेश गरेको छ,त्यसैले राष्ट्रिय सहमति अपरिहार्य छ । उनले भने ,सरकारले सबै क्षेत्रलाई समेटेर खुसी बनाएर लैजानु पर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?