© 2026
काठमाडौँ । प्रहरीले बैंकिङ कसुर मुद्दामा रु १४ लाख जरिवाना ठहर भई फरार रहेका एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत महाशिला गाउँपालिका(५ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका(९ काँडाघारी बस्ने ४० वर्षीय तुलप्रसाद अधिकारी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
वादी नेपाल सरकार प्रतिवादी अधिकारी भएको बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालत, बबरमहलको फैसलाले दुई दिन कैद र जरिवाना रु १४ लाख ठहर भई फरार रहेकाले निजलाई आज मनोहराबाट पक्राउ गरिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। निज अधिकारीलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालत बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।