Butwal Today

पत्रकार श्रेष्ठलाई महाराजगञ्जको हिरासतमा सारियो

२९ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमान्डौँ ।

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा सारिएको छ ।

यसअघि जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा रहेका पत्रकार श्रेष्ठलाई अहिले महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको हो । श्रेष्ठलाई महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको प्रहरीले पुष्टि गरेको छ ।

समाचारको विषयलाई लिएर एक महिलाले वैयक्तिक गोपनीयता भंग भएको भन्दै दिएको उजुरीका आधारमा पत्रकार श्रेष्ठलाई २७ साउनको राति आफ्नै निवास कुसुन्तीबाट पक्राउ गरिएको थियो । बिहीबार अदालतले श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?