Butwal Today

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ श्रावण २०८३, बिहीबार
अ+
अ-

मुस्ताङ ।

छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाले रु २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेकोे हो । विसं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिए ।

आयोजनाले जोमसोम-कोरला सडकखण्डको छुसाङदेखि घमीसम्मको ४२ किलोमिटर सडकको कालोपत्र पुरा गर्न टेण्डर आव्हान गरी सकेको छ । उक्त खण्डको लागद रु दुई अर्ब रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?