Butwal Today

कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा

२७ श्रावण २०८३, बुधबार
अ+
अ-

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसतर्फका पाँच मन्त्रीले आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारको नेतृत्वमा स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक विकासराज्यमन्त्री शोभा चेम्जोङ सहभागी भएका थिए ।

उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइलका अनुसार नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका बीच पछिल्लो समयमा भएको तीनबुँदे सहमतिअनुसार नेपाली कांग्रेस सरकारबाट बाहिरिन उचित ठानेकाले सामूहिक रुपमा राजीनामा दिएको बताउनु । अब कोशी प्रदेश सरकारमा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वकै सरकारमा नेकपा सहभागी हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?