© 2026
काठमाडौँ ।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५ हजार २ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य एक प्रतितोला रु ३ लाख ६ हजार ७ सय पुगेको छ । हिजो एक तोला सुन रु ३ लाख १ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य आज प्रतितोला रु ७५ ले बढेर रु चार हजार सात सय ४५ पुगेको छ । हिजो चाँदी एक तोला चाँदी रु ४ हजार ६ सय ७० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ४ सय र चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।