Butwal Today

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।  धितो पत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ८५ मा पुगेको छ । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८५ अङ्कले बढेर चार सय ६२ दशमलव २२ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक शून्य दशमलव १७ अङ्कले बढेर १८१ दशमलव ३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अङ्कले बढेर १५६ दशमलव ४७ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर रु चार अर्ब ११ करोड नौ लाख ७४ हजार ६७४ मूल्यमा खरिद बिक्री भएको छ  । आज १३ उपसमूहमध्ये  छ उपसमूह बढ्यो भने सात उपसमूह घट्यो ।  आज १३४ कम्पनीको सेयर बढ्यो भने १२१ कम्पनीको सेयर घट्यो ।

त्यसै गरी २० कम्पनीको सेयरस्थिर रह्यो । नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर,आरबिबि डिबेञ्चर, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, प्राइम डिबेञ्चर सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?