© 2026
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले टेकुस्थित ग्यास वितरण डिपोको अनुगमन गरेकी छन् ।
शनिबार डिपोको अनुगमनका क्रममा मन्त्री यादवले कीर्तिपुर क्षेत्रमा बसोबास गर्ने विद्यार्थीलाई लक्षित गरी पर्याप्त ग्यास वितरण गर्न निर्देशन दिएकी हुन् ।
कीर्तिपुर शैक्षिक केन्द्रका रूपमा परिचित भएकाले यहाँ ठुलो सङ्ख्यामा विद्यार्थी डेरा गरी बस्ने गरेका छन् । विद्यार्थीलाई ग्यासको अभाव हुन नदिन मन्त्री यादवले सबै ग्यास वितरक कम्पनीलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।
उपभोक्ताका गुनासा तथा बजारको पछिल्लो अवस्थाबारे जानकारी लिन मन्त्री यादव स्वयं डिपोको अनुगमनमा पुगेकी उनको सचिवालयले जनाएको छ ।