Butwal Today

गुल्मीमा अरिङगालले टोक्दा १ जनाको मृत्यु

९ श्रावण २०८३, शनिबार
अ+
अ-

गुल्मी । गुल्मीमा अरिङगाल पोल्दा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ५ हसरामा कदमको रुखमा अरिङगाल पोल्ने क्रममा अरिङगालले टोकेर घाइते भएका सोही स्थानका २२ वर्षीय पूर्ण सिउ थामी मगर साउन २ गते घाइते भएको र उपचारको क्रममा गए राती लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । अरिङगालले  निजको दुवै खुट्टामा टोकेर घाइते बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?