Butwal Today

उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङमा विस्फोट, २० जनाको मृत्यु

६ श्रावण २०८३, बुधबार
अ+
अ-

 

नयाँदिल्ली । उत्तरपूर्वी भारतमा निर्माणाधीन सुरुङभित्र मिथेन ग्यास चुहावटपछि भएको विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ । अन्य पाँच जना सुरुङभित्रै फसेको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विस्फोट हुँदा सुरुङभित्र २५ जना कार्यरत थिए । वरिष्ठ प्रहरी अधिकारी सोनम डी भुटियाका अनुसार तीमध्ये २० जनाको मृत्यु भएको पुष्टि भएको छ भने बाँकी पाँच जनाको खोजी तथा उद्धार कार्य जारी छ ।

प्रारम्भिक अनुसन्धानअनुसार भारतको नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) ले निर्माण गरिरहेको सात किलोमिटर लामो सुरुङभित्र चट्टानमा रहेको मिथेन ग्यास अचानक विस्फोट हुँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेकामध्ये अधिकांश एनएचपीसीका उच्च तहका कर्मचारी रहेको जनाइएको छ । उनीहरू सुरुङको नियमित निरीक्षणका क्रममा भित्र रहेका थिए ।

एनएचपीसीले विज्ञप्ति जारी गर्दै चट्टानभित्र सञ्चित मिथेन ग्यास अचानक विस्फोट हुँदा घटनास्थलमा बाक्लो धुवाँ र विषाक्त ग्यास फैलिएको जनाएको छ ।

कम्पनीले घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरिएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?