Butwal Today

एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता

२४ असार २०८३, बुधबार
अ+
अ-

अङ्कारा । गत जुन महिनामा करिब ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ ।

अफगान सरकारका उप प्रवक्ता हमदुल्ला फितरतले एक महिनामा ७६ हजार १८१ जना अफगान नागरिकहरू स्वदेश फर्केको बताए ।  उनका अनुसार उनीहरूले अत्यावश्यक सामाग्री खाद्यान्न राशन, पिउने पानी, चिकित्सा सेवाहरू, प्राप्त गरी उनीहरूको आफ्नै  गृह प्रान्तमा गइसकेका  छन् ।

काबुलमा मङ्गलबार भएको उच्चस्तरीय बैठकमा प्रशासनिक मामिला  तथा उपप्रधानमन्त्री मावलवी अब्दुल सलाम हनाफीले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) का वरिष्ठ अधिकारीहरू समक्ष सन् २०२१ अगस्ट पछि ८० लाख भन्दा बढी शरणार्थीहरू अफगानिस्तान फर्केको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?