Butwal Today

विश्वकपबाट बाहिरियो ब्राजिल, नर्वे क्वाटरफाइनलमा

२२ असार २०८३, सोमबार
अ+
अ-

बर्दघाट ।  जारी विश्वकप फुटबलमा स्टार खेलाडी अर्लिङ हाल्याण्डको उत्कृष्ट प्रदर्शनसँगै नर्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ । राउण्ड अफ १६ अन्तर्गत भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै ब्राजिलविरुद्धको अपराजित यात्रा कायम राखेको हो ।

खेलको पहिलो हाफको १४औँ मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । ब्राजिलका ब्रुनो गिमारेसको प्रहार नर्वेका गोलरक्षक अर्जेन नेल्याण्डले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि कुनै पनि टोलीले गोल गर्न सकेन ।

दोस्रो हाफको ८० औँ र ९० औँ मिनेटमा अर्लिङ हाल्याण्डले दुई गोल गर्दै नर्वेलाई क्वाटरफाइनलमा पुर्‍याए । खेलको अतिरिक्त समयमा ब्राजिलले अर्को पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टीलाई नेयमारले गोलमा परिणत गर्दै ब्राजिलका लागि एक गोल फर्काए । तर त्यसपछि थप गोल हुन नसकेपछि नर्वे २–१ ले विजयी हुँदै अन्तिम आठमा स्थान बनाउन सफल भयो ।

ब्राजिलविरुद्ध दुई गोल गरेसँगै हाल्याण्ड गोल्डेन बुटको दौडमा लियोनेल मेसी र किलियन एम्बाप्पेसँग बराबरीमा पुगेका छन् । जारी विश्वकपमा तीनै खेलाडीले समान ७–७ गोल गरेका छन् ।

अब क्वाटरफाइनलमा नर्वेले इङ्ग्ल्यान्ड र मेक्सिकोबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?