Butwal Today

यी हुन् रास्वपाका निर्वाचित पदाधिकारी

१२ असार २०८३, शुक्रबार
अ+
अ-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पदाधिकारीको चुनावी नतिजा आउने क्रम सुरु भएसँगै प्रथम महाधिवेशन अन्तिम चरणमा पुगेको छ । रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा स्वर्णिम वाग्ले पनि निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार भएको चुनावमा उपसभामतिमा सोविता गौतम निर्वाचित भइन् । त्यस्तै, महामन्त्रीमा विपिन आचार्य निर्वाचित भए ।

सहमहामन्त्रीमा हरि ढकाल र असिम शाह निर्वाचित भए । त्यस्तै, महिला कोटातर्फको सहमहामन्त्रीमा निशा डाँगी निर्वाचित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?