Butwal Today

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा र एलपिजी ग्यासको ट्याङ्करबिच ठक्कर हुँदा  ६ जनाको उद्धार, २ बेपत्ता

११ असार २०८३, बिहीबार
अ+
अ-

सियोल ।  दक्षिण पूर्वी दक्षिण कोरियामा तरल पेट्रोलियम ग्यास (एलपिजी) बोकेको ट्याङ्करसँग माछा मार्ने डुङ्गा ठोक्किएर भएको दुर्घटनामा परेका  पिडित छ जना माझीलाई उद्धार गरिएको र अन्य दुई जना पिडित बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले बिहीबार जनाएको छ ।

स्थानीय समय अनुसार बिहान करिब १०ः१०  मा ९९२–टन एलपिजी वाहक ट्याङ्करसँगको ठक्कर पछि दक्षिण पूर्वी पोर्ट सहर बुसानबाट आएको ७९–टन ट्रलर पल्टिएको जनाइएको छ ।

ठक्कर पछि डुबेको माछा मार्ने डुङ्गामा रहेका आठ जना चालक दलका सदस्यहरू मध्ये छ जनालाई उद्धार गरिएको छ भने अन्य दुई जना बेपत्ता भएको जनाइएको छ ।

दक्षिण कोरियाका तटरक्षकहरुले बेपत्ता माझीहरूको खोजी तथा उद्धार अभियान जारी राखेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?