Butwal Today

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

१० असार २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५० सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्य कोषमा रु १७ लाख २४ हजार ५०३ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०२, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १४२,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०७ जनालाई कारबाही गरिएको हो ।

यसै गरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, निर्धारित मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधन १४ र सवारीसाधनको अवस्था जाँच नगरी सडकमा निकालिएका सवारी ३५ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७४६ जनालाई कारबाही गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?