© 2026
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज भारतीय सुरक्षाकर्मी (एसएसबी)हरू छिरेपछिको विषयमा सरकारले आवश्यक कदम चाल्ने बताएको छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले यस्तो बताएका हुन् ।
‘सुस्तामा बस्नु भएको नागरिकले भूमिलाई रक्षा गरेर बस्नु भएको छ । उहाँहरूलाई नमन गर्नुपर्छ,’ उनले भने, ‘यससम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदम चाल्ने छ ।’
आज सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि विवाद भएको थियो । सीमाना पार गरेर नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयहरूले त्यसको प्रतिकार गरेका हुन् ।