© 2026
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही जिल्ला अधिवेशनमा महेन्द्र प्रसाद उपाध्याय सभापतिमा निर्वाचित भएका छन् ।
निर्वाचन समितिले जेठ २४ गते सम्पन्न अधिवेशनबाट जिल्ला समिति तथा पाँच वटै क्षेत्रीय समितिको निर्वाचन परिणाम सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजाअनुसार जिल्ला सभापतिमा महेन्द्र प्रसाद उपाध्याय २९६ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी आशिष न्यौपानेले १४३ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा दुर्गा प्रसाद खनाल २३८ मतसहित विजयी भएका छन् भने रचना क्षेत्रीले १८९ मत प्राप्त गरिन । सचिव पदमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित निर्वाचित हुँदा मोहन विक्रम जी.सी.ले २०३ मत प्राप्त गरे । सहसचिवमा बाबुराम अर्याल २७९ मतसहित विजयी भए भने प्रेम नारायण तिवारीले १४४ मत प्राप्त गरे ।
महिला सदस्यतर्फ शर्मिला आचार्य ३२२ मत र अनिता पन्थी २६७ मतसहित निर्वाचित भएका छन् । दलित सदस्यमा रामनाथ हरिजन १७२ मतसहित विजयी भए । खुला सदस्यतर्फ राजबहादुर क्षेत्री २४० मत र जमुना सापकोटा १६० मतसहित निर्वाचित भएको निर्वाचन समिति प्रमुख पार्थिवेन्द्र उपाध्यायले जानकारी दिए ।
यसै गरी क्षेत्रीय संयोजकतर्फ क्षेत्र नं. १ मा खडानन्द पौडेल, क्षेत्र नं. २ मा मोहन प्रसाद भुसाल, क्षेत्र नं. ३ मा छबिलाल शर्मा, क्षेत्र नं. ४ मा विश्वनाथ शर्मा तथा क्षेत्र नं. ५ मा शेषकान्त गैरे ‘समिर’ निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।
क्षेत्र नं. ३ को संयोजक पदमा छबिलाल शर्माले ६७ मत प्राप्त गरी विजय हासिल गर्दा प्रतिस्पर्धी विष्णु प्रसाद पौडेलले ५४ मत र किसुन चन्द्र चौधरीले १६ मत प्राप्त गरेका थिए । क्षेत्र नं. २ का संयोजक मोहन प्रसाद भुसालले ४९ मत प्राप्त गरेका छन् ।