© २०२३
१३ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितालाई लक्षित गरि लुम्बिनी प्रदेशमा खेलकुद शिक्षकलाई खेल प्रशिक्षण शुरु गरिएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा विहिबार देखि बुटवलमा ३ दिने खेलकुद शिक्षक प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।
कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्रालयका युवा तथा शिक्षा महाशाखा प्रमुख मनोज गैरेले उद्घाटन गर्दै खेलका नया नियमहरु बारे ज्ञान लिन तालिम प्रभावकारी हुने बताए । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा अघिल्लो वर्षभन्दा थप प्रदेशको बलियो उपस्थिति गराउन तालिम सहयोग सिद्ध हुने उनले बताए । खेलकुदलाई पाठ्यक्रमको अभिन्न अंग मानिएपनि कार्यान्वनमा कठिनाई रहेको उनले बताए । खेलाडी उत्पादनको आधारका रुपमा रहेको भएपनि सबै विद्यालयमा खेलकुद शिक्षक ब्यवस्था गर्न नसकिएको बताए । खेलकुदलाई शिक्षक सिकाई क्रियाकलाप मानिएको भन्दै यसलाई अगाडी बढाउनुपर्ने उनले बताए । बच्चाहरुको लगावलाई पहिचान गरि अभिभावकहरु बुझाउन सकेको अवस्थामा खेलकुदमा आकर्षक बढ्ने उनले बताए । तालिमबाट विधागत रुपमा प्राप्त ज्ञान र सीपलाई आआफनो क्षेत्रमा पुगेर प्रभावकारी कार्यान्वयन हुनेमा आशाबादी रहेको उनले बताए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले १२ औ राष्ट्रपति रनिङशिल्डमा उत्कृष्ट गरेको प्रदेशलाई अझ बलियो प्रदर्शन गर्न मद्दत मिल्ने रुपमा प्रशिक्षण दिईएको बताए । खेलको जगका रुपमा ग्रास रुट लेभलको विद्यालय खेलकुद भएको भन्दै यहि तहबाट खेलाडीको छनौट र राम्रो प्रशिक्षण दिने गरि खेलकुद शिक्षकलाई प्रशिक्षण चलाएको उनले बताए । उनले कार्यक्रम सिकाईलाई शुन्यमा लगेर सिक्न सुझाव दिए । देशमै खेल क्षेत्रमा विज्ञता हासिल गरेका खेल प्रशिक्षकहरुबाट तालिम चलाएर उत्कृष्ट नतिजा ल्याउने आशाबादी गरिएको उनले बताए ।
खेलप्रेमी तथा पुर्व जिशिअ टेक बहादुर थापाले विद्यालयस्तरमा खेलकुदको विकासक्रम स्मरण गर्दै विस २०२८ सालपछि बिरेन्द्र शिल्डको संचालन भएको ईतिहास बताए । सातौ पन्चवर्षिय योजनामा माध्यामिक स्तरमा एक जना खेलकुद शिक्षक राख्नुपर्ने प्रावधान भएपनि अझै त्यो कार्यान्वन हुन नसकेको दुखेसो गरे । देशमा राजनितिक विकास भएपनि खेलकुदको विकास यथास्थितिमा रहेको उनले बताए । राष्ट्रपतिको श्रृखलामा पनि रुकावट आएको उनले दुखेसो गर्दै खेलकुद विद्यार्थीहरुको संयोगात्मक विकास, सहकार्य, भाईचारा विकास गर्न मद्दत मिल्ने बताए । विद्यालयमा सबै विद्यार्थीहरुमा अनिवार्य खेलकुदमा आवद्ध गराउनुपर्ने दायित्व सरोकारहरु लाग्नुपर्ने उनले सुझाव दिए । केवल सहभागिता हुनेमात्र नभए ब्यवसायिक खेलाडी उत्पन्न गराउने रुपमा पछिल्लोसमय खेल विधा बनेको छ । नेपालको अधिकाश पहाडी क्षेत्रहरु तालिम केन्द्र स्थापना गर्न सके खेलाडीसंगै खेल पर्यटन विकास गराउन सकिने सम्भावना रहेको उनले बताए । खेलकुदसंग आवद्ध मन्त्रालयहरु अझै पनि शैक्षिक अध्ययन केन्द्र विकास गर्नेतर्फ लाग्नुपर्ने उनले सुझाव दिए ।
खेलकुद परिषद लुम्बिनीका सदस्य अर्जुन घिमिरे, हरिष ओली, राजकुमार पाण्डे, लेखा अधिकृत मीन बहादुर जिसि, प्रदेश खेलकुदका कार्यालय प्रमुख महेश चन्द, रुपन्देही जिल्ला खेलकुद समितिका कार्यालय सचिव राजेन्द्र श्रेष्ठ, वडा नं ८ का वडाअध्यक्ष यज्ञ पंगेनीले
कराते सुजिता न्यौपाने, सदस्य हरिष ओलीले एथलेटिक्स, भलिबलका नीतिनियमहरु सिक्न र तयारी गर्न मद्दत मिल्ने बताए ।
कार्यक्रममा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, कबड्डीका मुख्य प्रशिक्षक पार्वती राई, राष्ट्रिय महिला भलिबल टिमको मुख्य प्रशिक्षक जगदिश भट्टले प्रशिक्षण दिने छन । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका ६० विद्यालयका खेल शिक्षकहरु सहभागी छन ।