Butwal Today

रुपन्देहीका पाँच पालिकामा रास्वपाको अधिवेशन, नेतृत्वमा को को आए ?

१० जेष्ठ २०८३, आइतबार
अ+
अ-

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले पालिका अधिवेशनहरु गरिरहेको छ। शनिवार रुपन्देहीका बुटवल उपमहानगरपालिका सहित ५ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ।

बेलबासमा भएको बुटवल उपमहानगर अधिवेशनबाट राजेश्वर पाण्डे राजन सभापतिमा दोहोरिएका छन्। उनी यस अघि पनि रास्वपाको बुटवल नगर सभापति थिए। पाण्डेसँग डा. सुशील अर्याल र विक्रम केसी प्रतिस्पर्धामा थिए।

त्यस्तै उपाध्यक्षमा नगेन्द्र पाण्डे र सचिवमा चन्द्रकान्त न्यौपाने चयन भएका छन् । तिलोत्तमामा रुस्तम कंडेल दोहोरिएका छन्। कृष्ण बराल उनका प्रतिस्पर्धी थिए।

सभापति बाहेक अरुमा निर्विरोध भएको रास्वपाले जनाएको छ। सैनामैनामा लक्ष्मण पौडेल रास्वपाको नगरसभापति बनेका छन्। यस अघि राजबहादुर क्षेत्री सभापति थिए।

सहमतिमा पौडेलको नेतृत्वमा नगर समिति चयन भएको रास्वपा रुपन्देहीले जनाएको छ। यस्तै मायादेवी गाउँपालिकामा हरि कुँवर र गैडहवा गाउँपालिकामा ओमप्रकाश भट्टराई चयन भएका छन्।

आइतबार शुद्धोधन र सियारी गाउँपालिकामा अधिवेशन हुने रास्वपा जिल्ला उपसभापति आशिष न्यौपानेले जानकारी दिए। जेठ १७ गतेसम्म सबै पालिकामा अधिवेशन हुने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?