Butwal Today

संविधान संशोधन बहस पत्र तयारीका लागि नागरिकसँग राय सुझाव माग

८ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ । संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सात दिनभित्र लिखित सुझाव माग गरेको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहनुभएको उक्त कार्यदलले विभिन्न राजनीतिक दलबाट लिखित सुझाव लिएर छलफल गरिसकेको छ । कार्यदलले विभिन्न समयमा संविधानविद्,  कानुनविद्, वरिष्ठ अधिवक्ता, पूर्व प्रशासक, पूर्व कूटनीतिज्ञ, सञ्चारकर्मी र राजनीतिक व्यक्तित्वहरूसँग पनि छलफल गरी सुझाव सङ्कलन गरिसकेको जनाएको छ ।

कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीले संविधान संशोधन बहस पत्र तयार गर्नका लागि विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल र सुझाव सङ्कलन गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?