Butwal Today

पाल्पाको तिनाउ ड्याममा डुबेर बेपत्ता भएका युवक मृत फेला

८ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक भारतीय युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारत उत्तर प्रदेश, सिद्धार्थनगर जिल्ला नौगढ गाउँ जगदिसपुर बस्ने २२ वर्षीय सौरभ रस्तोगी मृत फेला परेका हुन्।

उनी आफ्ना साथीहरूसँग घुम्न आएका थिए। बुधबार बेलुका अन्दाजी साढे ६ बजेको समयमा पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिनाउखोला ड्याममा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले खोजतलास जारी राखेकोमा आज बिहान घटनास्थलभन्दा अन्दाजी ५० मिटर तल शब फेला परेको थियो । तिनाउ नदीमा ढुङ्गाको खोँचमा अड्किएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?