Butwal Today

ज्ञानेन्द्र शाही भन्छन् : प्रधानमन्त्रीलाई र्‍याप हान्न बोलाएको होइन

३० बैशाख २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई संसद्मा मनोरञ्जनका लागि नभई जनताका प्रश्नको जवाफ दिन उपस्थित हुनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाएका हुन् ।

‘प्रधानमन्त्रीलाई संसद्मा पप गीत गाउन वा र्‍याप हान्न बोलाइएको होइन,’ शाहीले भने, ‘उहाँलाई जनताका सवालमा जवाफ दिनका लागि बोलाइएको हो ।’

शाहीले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा अनुपस्थित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बैठक अवरुद्ध गरेको प्रसंगसमेत स्मरण गराए । उनले अहिलेको परिस्थितिमा पनि संसद्प्रति सरकार जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?