Butwal Today

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

१५ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले आज दायर गरेको रिट निवेदनमा सरकारले गठन गरेको उक्त आयोग असंवैधानिक भएको उल्लेख गर्दै खारेज गर्न माग गरिएको छ । उक्त रिटमा सुनुवाइका लागि बुधबारका लागि पेसी तोकिएको छ ।

सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । उक्त आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न कार्यादेश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?