Butwal Today

ट्रकको ठक्करबाट पैदलयात्रुको मृ*त्यु

१५ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृ*त्यु भएको छ ।

आज ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ठमेलमा डेरा गरी बस्ने बारा निजगढ नगरपालिका–१३ का ४० वर्षीय किरण घलानको मृ*त्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका घलानको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?