Butwal Today

ट्राफिकचोकमा कुसुम अर्ग्यानिक कोसेली घर सञ्चालनमा

१३ बैशाख २०८३, आइतबार
अ+
अ-

बुटवल ।  पहाडका अर्ग्यानिक उत्पादन सहर बासीलाई खुवाउने उद्देश्यसहित बुटवलको ट्राफिकचोकमा कुसुम अर्ग्यानिक कोसेली घर सञ्चालनमा आएको छ ।
विशेष गरी गुल्मीको छापचौर, फोक्सिङ, भुर्तुङ, पूर्तिघाट, कोरेङ लगायतका ठाउँमा उत्पादित कृषिजन्य खाद्य वस्तु विक्री वितरण गर्ने गरी कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले कृषि मार्ट सञ्चालनमा आएको हो ।

कोसेली घरको उद्घाटन आइतबार भुर्तुङ छापचौर तराई सम्पर्क मञ्चका अध्यक्ष क्याप्टेन राजकुमार केसीले उद्घाटन गरे । सो अवसरमा बोल्दै केसीले बजारमा अर्ग्यानिक उत्पादनको माग बढ्दै गएकोले सबैको चाहना अनुसार मार्ट सञ्चालन हुने बताए । गाउँमा उत्पादनको बजार ग्यारेन्टी भए किसानमा कृषि उत्पादनमा हौसला बढ्ने बताए ।

सहकारीका अध्यक्ष केशवराज ढकालले मार्टमा अर्ग्यानिक खाद्यवस्तु र हस्तकलाका सामग्री विक्री गरिने बताए । मार्टमा आटो, पिठो, गेडागुडीदेखि सबै सबैजसो गाउँका उत्पादनहरू उपलब्ध हुने ढकालले बताए ।

सहकारीका सञ्चालक मनोज घिमिरेले ‘किसानको आलीदेखि उपभोक्ताको थालीसम्म’ अर्ग्यानिक उत्पादन भन्ने नाराका साथ अघि बढेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले विषादीरहित खाद्यवस्तुमा माग बढ्दै गएको बताउँदै माटमा त्यस्ता वस्तु विक्री वितरण गर्न सुझाव दिए । माटमा ८ जना युवाहरूको लगानी गरेका छन् ।

केशवराज ढकाल, मनोज घिमिरे, सागर शर्मा, सुरेन्द्रमान भारी, राजकुमार दाहाल, मथुरा आचार्य, कृष्ण कार्की र विमला शर्मा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?