Butwal Today

लुम्बिनी सिटीमा लेखन कार्यशाला

१३ बैशाख २०८३, आइतबार
अ+
अ-

बुटवल ।

लुम्बिनी सिटी कलेजमा प्राध्यापक तथा कर्मचारीलाई अनुसन्धान आर्टिकल लेखन कार्यशाला सम्पन्न भएको छ ।

कार्यक्रममा कलेजका प्राध्यापक तथा कर्मचारीको सहभागीता थियो । लुम्बिनी सिटी कलेजका अध्यक्ष तथा क्याम्पस प्रमुख प्रा.डा.गणेश प्रसाद पाठकले शैक्षिक क्षेत्रमा अनुसन्धानको महत्वबारे बोल्दै अनुसन्धानले ज्ञानको वृद्घि मात्रै होइन, समाजलाई सशक्त बनाउने कार्य गर्दछ । कार्यशालाको प्रमुख प्रशिक्षक त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विभागका प्रा.डा.रामचन्द्र पौडेलले अनुसन्धान पद्घतिका व्यवहारिक पक्षबारे प्रस्तुतिकरण गरेका थिए ।

उनले अनुसन्धानलाई शिक्षणसँग जोडेर व्यवहारिक प्रयोगमा कसरी उतार्न सकिन्छ भन्ने विषयमा सहभागीलाई जानकारी दिए । अहिलेको प्रविधियुक्त अनुसन्धानात्मक प्रक्रियाहरुको व्यवहारिक पक्षहरुका बारेमा रोचक तथा प्रयोगात्मक सिकाईमा सबैको उत्साहजनक रहेको थियो ।

त्यसैगरी लुम्बिनी सिटी कलेजका उपाध्यक्ष तथा प्यारामाउण्ट मा.विका प्राचार्य प्रा.डा.दामोदर भुसालले धन्यवाद ज्ञापन गर्दै सहभागी सबैलाई अनुसन्धान लेखनमा निरन्तर सक्रिय रहन आग्रह गर्दे अनुसन्धानात्मक लेखनले कलेजको तथा प्राध्यापक आफ्नो शैक्षिक प्रतिष्ठा अझै धेरै बढाउने कुरामा जोड दिए ।

कार्यक्रममा स.क्याम्पस प्रमुख नारायण प्रसाद भुसालले अनुसन्धनात्मा लेखनले उच्च शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तरता बढाउन रिसर्च र डिभलोपमेन्टमा प्राध्यापक तथा कर्मचारी वर्गको सहभागीताले महत्वपूर्ण भूमिका निभाउने कुरा बताउदै कार्यक्रमहरू निरन्तर गरिरहनका लागि लुम्बिनी सिटी कलेज सदैव तत्पर रहने बताए ।

कलेजमा बि.एस.सी. सी.एस.आइ.टी, बि.आइ.टी.एम. तथा बि.सि.ए. कार्यक्रमका अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई पनि यस्ता कार्यक्रमहरू गराइरहने कलेज प्रशासनले जानकारी दिएको छ ।

यस्ता अनुसन्धान लेख लेखन कार्यशालाले सहभागीलाई सिर्जनात्मक सोँच र विश्लेषणत्मक क्षमाता बढाउने अवसर दिनुका साथै शैक्षिक जगतलाई नवीन दृष्टिकोण र गहिरो अध्ययनतर्फ प्रेरित गर्ने विश्वास दिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?