© 2026
दोहा (कतार) ।
“प्रकृति संस्कृति र प्रविधिको सन्तुलन, परिष्कृत समाजका लागि श्रम अभियान” भन्ने केन्द्रीय मूल नाराका साथ गत वर्ष कतारमा गठन भएको ‘श्रम संस्कृति महा-अभियान तदर्थ समिति कतारले आफ्नो पहिलो अधिवेशन शुक्रवार गर्ने भएको छ ।
आयोजक समितिका संयोजक सुवास खालिङ राईले अधिवेशनमा कतारमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरूको सहभागिताको साथमा श्रम, संस्कृति र सामाजिक उत्तरदायित्वका साथ विविध सांस्कृतिक कार्यक्रमको साथमा प्रथम अधिवेशनको तयारीमा जुटेको बुटवल टुडेलाई बताएका छन् ।
राईले यो अभियानले कतारमा रहेका नेपाली श्रमिकहरूबिच एकता, सचेतना र सांस्कृतिक पहिचानको प्रवर्द्धन समेत गर्ने लक्ष्य रहेको बताएका छन् । उनले श्रमिकहरूको हकहितका लागी प्राथमिकतामा राख्दै प्रवास सङ्गठनको रूपमा स्थापना गरिएको तदर्थ समितिले भविष्यको अभियानमा कतारमा रहेका लाखौँ नेपालीहरूलाई सामाजिक जागरण तथा श्रमिक अधिकारको पक्षमा ठुलो राहत पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।
“शुक्रवार कतारको प्लाजा मल स्थित वेलफेयर रेष्टुरेन्टको सभा हलमा बिहान ११ बजे देखि कार्यक्रम सुरु हुने कार्य तालिका रहेको छ, उक्त कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक सङ्घ,संस्था,सामाजिक अभियन्ता, पत्रकार तथा बुद्धिजीवीहरूलाई उपस्थितिको लागी महा-अभियान तदर्थ समितिले हार्दिक अनुरोध समेत गरेको छ” राईले भने ।