© 2026
गुल्मी । गुल्मीमा एक हप्ताको समय अवधिमा १६४ जनाले राहदानी बनाउँदा आठ लाख बढी राजस्व संकलन भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म १६४ जनाले राहदानी बनाएको र आठ लाख १५ हजार रुपियाँ राजस्व संकलन भएको हो ।
सोही समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १६३ जनाले नयाँ नागरिकता बनाउँदा १४० जनाले प्रतिलिपि लिएका छन् ।
उक्त अवधिमा १६ जनाको नावालक परिचय पत्र, राहदानीको आवेदन संकलन १६४, राहदानी वितरण १४७, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन ३६९, राष्ट्रिय परिचयपत्र वितरण २४३, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित ३४ र दूई संस्था नविकरण भएको छ ।
एक हप्ताको समय अवधिमा राहदानीबाट आठ लाख १५ हजार, संस्था दर्ता तथा नविकरणबाट एक हजार पाँच सय, राष्ट्रिय परिचयपत्रबाट १७ हजार गरी कुल आठ लाख ३३ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो ।