© 2026
लमही । दाङको देउखुरीमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा राप्ती गाउँपालिका-१ भालुवाङ निवासी वर्ष ५९ को तिलक खड्का र वर्ष ३० को सुशील विष्ट रहेका छन् ।
खड्काको मुख र दयाँ हातमा चोट छ भने विष्टको दुवै हातमा चोट रहेको भालुवाङ अस्पतालले जानकारी दिएको छ । उनीहरू दुवैको भालुवाङ अस्पतालमा उपचार गरिएको छ ।
मंगलबार बिहान करिव ११ बजेको समयमा जंगलबाट भालुवाङ अस्पताल नजिकको बस्तीमा चितुवा पसेपछि खड्का र केसीले चितुवालाई छोप्न खोज्दा चितुवाले आक्रमण गरेको स्थानीयले बताएका छन् । चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय लमहीलाई बुझाएका छन् । नियन्त्रणमा रहेको चितुवा पनि घाइते अवस्थामा छ ।