Butwal Today

संघीय सरकार राज्य आतंकतर्फ उन्मुख भएको एमाले लुम्बिनीको आरोप

२३ चैत्र २०८२, सोमबार
अ+
अ-

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दल बोर्डको दसौं बैठक सोमबार सम्पन्न भएको छ । बैठकले संघीय सरकारले कार्की आयोगको प्रतिवेदनका आधारमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै निन्दा र भर्त्सना गरेको छ ।

बैठकमा उनीहरूको बिनासर्त रिहाइको माग गरिएको प्रदेश सभा सदस्य रत्नबहादुर खत्रीले बताए । त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं महानगरपालिका प्रमुख हुँदा प्रदेश सभा सदस्य रेखा शर्माविरुद्ध लेखेको सामाजिक सञ्जालको स्टाटसको विषयलाई लिएर अहिले प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गरिएको भन्दै बैठकले आपत्ति जनाएको छ । संघीय सरकार राज्य आतंकतर्फ उन्मुख भएको आरोप लगाउँदै बैठकले प्रतिशोधपूर्ण व्यवहार तत्काल बन्द गर्न पनि माग गरेको छ ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेटले समेटेका आयोजनाहरू निर्धारित समयमै सम्पन्न गराउन संसदीय दलको तर्फबाट सक्रिय अगुवाइ गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?